विमानमा शंकास्पद यात्रु रहेको सूचनापछि नेपाल एयरलाइन्सबाट २ जना यात्रु ओरालियो



काठमाडौं । मुम्बई उडान भर्न लागेको नेपाल एयरलाइन्सको विमानमा शंकास्पद यात्रु रहेको सूचनाका आधारमा १ जना पक्राउ परेका छन् । प्रहरीले पक्राउ गरेका एकजना आफन्त विमानबाट आफै ओर्लिएका छन् ।

उनीहरु बुधबार दिउँसो १ः१० मिनेटमा मुम्बई उडान गर्न लागेका थिए ।

नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्का अनुसार प्रहरीको सूचनाका आधारमा सबै यात्रुहरुलाई ओरालेर पक्राउ गरिएको हो ।

‘दिउँसो १ः१० बजे नेपाल एयरलायन्सको विमान मुम्बई उडानका लागि तय भएको थियो, सबै यात्रुलाई विमानमा प्रवेश गरिसकेर ढोका समेत बन्द भइसकेको थियो,’ उनले भनिन्, ‘सूचनापछि विमानबाट सबै यात्रु ओरालेर २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।’
उनका अनुसार अहिले बाँकी सबै यात्रुलाई विमानमा पुनः बोर्ड गराइरहेको छ । दिउँसो १ः१० मा उडान हुनुपर्ने विमान अब उड्ने तयारी गरेको छ ।


क्लिकमान्डु