गुनासो व्यवस्थापनमा जुट्यो स्वास्थ्य बीमा बोर्ड



काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमित र सेवा प्रदायक संस्थाबाट आउने गुनासो व्यवस्थापन प्रक्रियालाई व्यवस्थित गर्ने भएको छ ।

बोर्डले स्वास्थ्य बीमा कार्यक्रमप्रति सेवाग्राही र सेवा प्रदायकबाट आउने गुनासोलाई चालु आर्थिक वर्षभित्रै व्यवस्थित गर्ने भएको हो ।

सेवाग्राही र सेवा प्रदायकबाट आउने गुनासोको क्रम बढ्दै गएकाले गुनासो व्यवस्थापन प्रक्रियालाई छिटो, छरितो र व्यवस्थित बनाउँदै लगिने बोर्डका कार्यकारी निर्देशक दामोदर बस्यौलाले जानकारी दिए ।

उनका अनुसार बोर्डले अनुगमनको पाटोलाई परिणाममुखी बनाउनका लागि प्राप्त नतिजा सार्वजनिक गर्ने परिपाटीको शुरूवात गर्ने भएको छ ।

बीमित र सेवाग्राहीमार्फत गत आवमा मात्रै ७ हजार २६६ वटा उजुरी प्राप्त भएको बोर्डको तथ्यांक छ । बीमा गरेको बिरामी र बीमा नगरेको बिरामीलाई सेवा सुविधामा अस्पतालहरूले विभेद गर्ने गरेको गुनासो बीमितहरू प्राप्त भएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार अस्पतालहरूमा औषधी तथा स्वास्थ्य सेवा समयमा नपाउनु बीमितहरूले भोग्दै आएको अर्को समस्या हो । बीमितलाई सेवा प्राप्त गर्नको लागि लामो समय लाइनमा कुर्नुपर्ने र केही सरकारी सेवा प्रदायकले स्वास्थ्य बीमा कार्यक्रमलाई बोझको रूपमा लिएको गुनासो बीमितहरूबाट आउने बोर्डले जनाएको छ ।

अस्पताल फार्मेसीबाट वितरण औषधिको गुणस्तर, केही औषधिहरू बजार मूल्य भन्दा अस्पतालहरूबाट उपलब्ध हुने औषधि महंगो पर्नुु, अस्पतलाले फमेर्सी संचलन नगरेको, स्वासथ्य सेवा जहाँबाट लिए पनि प्रेषणको प्रावधान नराखीनु पर्ने लगाएतका गुनासो बीमितबाट प्राप्त भएको बोर्डले जनाएको छ । यस्तै, बीमा बोर्डमा कर्मचारी अभावमा सेवा पुर्याउन कठिनाई भएको गुनासाहरू प्राप्त भएका छन् ।


क्लिकमान्डु