पूर्वसचिव पाण्डेको निधन, इन्भेष्टमेन्ट बैंक र शिखर इन्स्योरेन्सका सीइओलाई पितृ शोक



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ) ज्योति पाण्डे तथा शिखर इन्स्योरेन्सका सीइओ दीपप्रकाश पाण्डेलाई पितृ शोक परेको छ । ज्योति र दीपका बुवा पूर्वसचिव दुर्गाप्रसाद पाण्डेको निधन भएको हो ।

पाण्डेले लखनउ विश्वविद्यालयबाट राजनीति शास्त्रमा एमए गरेका थिए । पाण्डेले सन् १९५६ मा पर्यटन सम्बन्धी तालिम लिएका थिए भने अमेरिकाको जर्जटाउन विश्वविद्यालयमा सन् १९६२ मा पनि अध्ययन गरेका थिए।

त्यस्तै, सरकारी सेवातर्फ अस्थायी लेक्चररका रुपमा पाटन कलेजमा सन १९५८ मा सेक्सन अफिसर तथा पर्यटन विभागको उपसचिव सन १९६१ बनेका थिए। उनले मन्त्रिपरिषद् सचिवालयको विभागीय प्रमुख सन १९६६ मा, महावाणिज्य दुतावास कोलकत्ताको सन १९८२ मा, वीरगन्ज चिनी कारखानाको अतिरिक्त सचिव, आपूर्ति मन्त्रालयको सचिव सन १९८८ मा हुँदै उनले वाणिज्य मन्त्रालयको सेवाबाट सन १९९० मा अवकाश पाएका थिए ।

नेपाल भारत वाणिज्य तथा पारवहनसम्बन्धी विषयहरूको सरकारी वार्ता तथा बैठकहरूमा नेपालको तर्फबाट करिब ४२ पटक सहभागी भएका थिए । उनले सन् १९७१, सन् १९७८ र सन् १९९१ को व्यापार तथा पारवहन सन्धी गर्ने कार्यमा विशेष सहभागीता जनाएका थिए ।

पाण्डेले सुप्रसिद्ध प्रबल गोरखा दक्षिण बाहु, सुविख्यात त्रिशक्ति पदक तथा दीर्घ सेवा पदक जस्ता मानपदवीहरू पाएका थिए ।


क्लिकमान्डु