दुई बीमा कम्पनीको सेयर कारोबार रोक्का
काठमाडौं । दुई वटा निर्जीबन बीमा कम्पनीको सेयर कारोबार रोक्का भएको छ ।
अजोड इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स मर्जरमा जाने निर्णय भएसँगै दुवै कम्पनीको सेयर कारोबार रोक्का भएको हो ।
असार ३२ गते अजोड इन्स्योरेन्सका सञ्चालक तथा मर्जर समिति संयोजक चिरन्जीवी दवा तथा प्रभु इन्स्योरेन्सका सञ्चालन तथा मर्जर समितिका संयोजक राजेन्द्र मल्लले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
उक्त सहमितसँगै दुवै कम्पनीको कारोबार रोक्का भएको छ ।