प्रभु लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का भएको छ ।

प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी गाभ्ने/गाभिने सम्बन्धी प्रारम्भीक सहमति पत्रमा हस्ताक्षर भएसँगै कारोबार रोक्का भएको हो ।

बुधबार बसेको सञ्चालक समितिको बैठक अनुसार बिहीबार दुवै कम्पनीले मर्जरका लागि सम्झौता गरेका छन् । शुक्रबारदेखि प्रभु लाइफको सेयर कारोबार रोक्का भएको छ ।


क्लिकमान्डु