सामसुङ ब्राण्डको मोबाइल बिक्री गर्ने आईएमएसले एक वर्ष गर्यो साढे ८ अर्बको कारोबार




काठमाडौं । सामसुङ ब्रान्डको मोबाइल बिक्री गर्दै आएको आर्इएमएस प्रालिले एक वर्षमा साढे ८ अर्बको कारोबार गरेको छ ।

विभिन्न देशबाट मोबाइल आयात गरी बिक्री वितरण गर्दै आएको कम्पनीले सन् २०२१ मा ८ अर्ब ३८ करोड ८० लाख रुपैयाँको कारोबार गरेको हो ।

कम्पनीको कारोबार कोरोनाका कारण लकडाउन भएपछि सन् २०२० मा ह्वात्तै घटेको थियो । सो वर्ष कम्पनीले ५ अर्ब ८३ करोड ८० लाख रुपैयाँको मात्रै कारोबार गरेको थियो ।

कम्पनीअनुसार सन् २०१९ मा ८ अर्ब ३३ करोड रुपैयाँको कारोबार गरेको थियो ।

सामसुङ मोबाइलका लागि नेपालको आधिकारिक बिक्रेता समेत आईएमएसले सन् २००१ बाट सामसुङ मोबाइल, ट्याब आयात गरी बिक्री वितरण गर्दै आएको छ ।

दीपक मल्होत्राको ५१ प्रतिशत र ४९ प्रतिशत कृष्ण इन्टरनेशनल प्रालिको ४९ प्रतिशत सेयर रहेको यस कम्पनीको देशभर एक सयभन्दा बढी वितरक छन् ।

साथै, देशभर ११ वटा खुद्रा स्टोर र १२ वटा सर्भिस सेन्टर रहेको कम्पनीको भनाइ छ ।

इक्रा नेपालले कम्पनीका लागि दीर्घकालीन र अल्पकालीन कर्जाका लागि ४ अर्ब ८० करोड १२ लाख रुपैयाँको रेटिङ गराएको छ ।

जसमा कम्पनीले दीर्घकालीन कर्जाका लागि १२ लाख रुपैयाँ अर्थात् एलबीबी र अल्पकालीन कर्जाका लागि ४ अर्ब ८० करोड अर्थात् एफोरको रेटिङ पाएको छ ।


क्लिकमान्डु