जीवन बीमा कम्पनीको बीमाशुल्क १ खर्बमाथि, सक्रिय बीमालेखको संख्या १ करोड नाघ्यो



काठमाडौं । चालु आर्थिक वर्षको २०७८/७९ को (जेठ) महिनासम्ममा जीवन बीमा कम्पनीहरूले १ खर्ब १९ अर्ब ४७ करोड ८१ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

यस अवधिमा १९ जीवन बीमा कम्पनीहरूले प्रथम बीमाशुल्कबाट ३३ अर्ब ८५ करोड ९१ लाख रूपैयाँ र नवीकरणीय शुल्कबाट ८५ अर्ब ६१ करोड ९० लाख रूपैयाँ गरी सो रकम संकलन गरेका हुन् ।

समितिको तथ्याङक अनुसार जेठ महिनासम्ममा सबैभन्दा बीमाशुल्क संकलन गर्ने जीवन बीमा कमम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स परेको छ । यस अवधिमा कम्पनीले ३० अर्ब ६७ करोड ९० लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन कुल जीवन बीमाशुल्कको २५.६८ प्रतिशत हो ।

एलआइसी नेपालले चालु आवको ११ महिनामा १४ अर्ब ७९ करोड १० लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

नेशनल लाइफ इन्स्योरेन्सले यस अवधिसम्ममा १२ अर्ब ७ करोड २७ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको समितिको तथ्यांक छ ।

यस अवधिमा राष्ट्रिय बीमा संस्थानले ७ अर्ब ४९ करोड ५१ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

यूनियन लाइफले ६ अर्ब ९३ करोड ७ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको समितिको तथ्यांक छ ।

यस अवधिमा मेट लाइफले ४ अर्ब ७८ करोड २६ लाख रूपैयाँ, एशियन लाइफले ५ अबर्् ९७ करोड ३९ लाख रूपैयाँ, गुराँस लाइफले २ अर्ब ७३ करोड २७ लाख रूपैयाँ, सूर्या लाइफले ४ अर्ब २५ करोड ३४ लाख रूपैयाँ, प्राइम लाइफले ४ अर्ब ४५ करोड २३ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

ज्योति लाइफले ३ अर्ब २१ करोड ९४ लाख रूपैयाँ, सन नेपाल लाइफले ३ अर्ब ५३ करोड ३० लाख रूपैयाँ, रिलायबल नेपाल लाइफले ३ अर्ब ४३ करोड ८४ लाख रूपैयाँ, सिटिजन लाइफले ४ अर्ब ६१ करोड ३७ लाख रूपैयाँ, सानिमा लाइफले २ अर्ब ३ करोड ८० लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

यस्तै, प्रभु लाइफ इन्स्योरेन्सले १ अर्ब ७४ करोड ७७ लाख रूपैयाँ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले १ अर्ब २८ करोड २२ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

सक्रिय बीमालेखको संख्या १ करोड २६ लाख नाघ्यो
बीमा समितिले उपलब्ध गराएको चालु आवको ११ महिनाको तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरूमा सक्रिय बीमालेखको संख्या १ करोड २६ लाख नाघेको छ ।

यस अवधिमा जीवन बीमा कम्पनीहरूमा सक्रिय बीमालेखको संख्या १ करोड २६ लाख ३२ हजार ३७३ रहेको छ । यो वैदेशिक रोजगारी बीमालेख सहितको तथ्यांक हो ।

११ महिनाको अवधिमा रिलायबल नेपाल लाइफमा सक्रिय बीमालेखको संख्या ३६ लाख ४९ हजार २७९ पुगेको छ । नेशनल लाइफ इन्स्योरेन्समा सक्रिय बीमालेखको संख्या भने १४ लाख ४२ हजार ५५२ छ ।

रिलायबल नेपाल लाइफ र नशेनल लाइफ पछि मेट लाइफमा सक्रिय बीमालेखको संख्या धेरै छ ।

तथ्यांकअनुसार मेट लाइफमा सक्रिय बीमालेखको संख्या ११ लाख २८ हजार ९६८ छ ।

सबैभन्दा थोरै सक्रिय बीमालेख भएको जीवन बीमा कम्पनी महालक्ष्मी लाइफ हो । तथ्यांअनुुसार कम्पनीमा सक्रिय बीमालेखको संख्या ३२ हजार ४७३ छ ।


क्लिकमान्डु