पुँजी वृद्धि गर्न सन नेपाल लाइफका संस्थापक सेयरधनीले थप ६०% रकम जम्मा गर्नुपर्ने



काठमाडौं । पुँजी वृद्धि गर्न सन नेपाल लाइफ इन्स्योरेन्सका संस्थापक सेयरधनीहरूले थप ६० प्रतिशत रकम जम्मा गर्नुपर्ने भएको छ ।

कम्पनीले संस्थापक शेयरधनीहरूलाई सेयर वापतको थप ६० प्रतिशत रकम जम्मा गर्न आह्वान गरेको छ । कम्पनीले मंगलवार एक सूचना जारी गर्दै असार ३० गतेभित्र उक्त रकम जम्मा गर्न आह्वान गरेको हो ।

कम्पनीको बैशाख ९ गते सम्पन्न चौथो वार्षिक साधारणसभाको निर्णयअनुसार पुँजी वृद्धि गर्न बीमा समितिबाट स्वीकृत प्राप्त भएको र सोही बमोजिम उक्त रकम जम्मा गर्नु परेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीको वेवसाइटमा उपलब्ध सेयर लागनी फारम पूर्ण रूपमा भरी असार ३० गतेसम्म कम्पनीको कर्पोरेट कार्यालय, कमलादी काठमाडौंमा उपलब्ध गराउन संस्थापक सेयरधनीसमक्ष कम्पनीले आग्रह गरेको छ ।

कम्पनीले उक्त थप शेयर वापतको रकम नबिल बैंक तिनधारा शाखा र ग्लोबल आइएमई बैंकको डिल्लीबजार शाखामा जम्मा सकिने जनाएको छ ।


क्लिकमान्डु