२७ अस्पताललाई स्वास्थ्य मन्त्रालयको साढे ४४ करोड अनुदान, कुनलाई कति ?



काठमाडौं । स्वास्थ्य मन्त्रालयले २७ वटा सामुदायीक अस्पताललाई पुँजीगत अनुदान दिने भएको छ । मन्त्रालयलले आर्थिक बर्ष २०७३/७४ को स्वीकृत कार्यक्रमअनुसार सामुदायीक अस्पताललाई अनुदान दिन लागेको हो ।

सामुदायीक अस्पतालहरुलाई (दोश्रो संशोधन) निर्देशिका-२०७३ सामुदायीक अस्पतालहरुलाई पुँजीगत अनुदान उपलब्ध निर्णय भएको मन्त्रालयले जनाएको छ ।

अनुदानका लागि सामुदायिक अस्पतालहरुलाई राष्ट्रिय योजना आयोगको दाँचामा बार्षिक कार्यक्रम तयार गरी स्वास्थ्य मन्त्रालयले स्वीकृतिका लागि सम्बन्धीत अस्पतालहरुलाई सुचना जारी गरेर अनुदान लिन आउन आह्वान गरेको छ ।

कुन अस्पताललाई कति अनुदान ?

­संस्थानको नाम पाउने रकम
ओमरारा हेल्थ फाउण्डेशन, मुगु १ करोड ५९ लाख ८४ हजार
नेपाल अर्थोपेडिक अस्पताल, जोरपाटी २ करोड १० लाख ९९ हजार
रेयुकाइ एइको मासुनागा आँखा अस्पताल, धुलिखेल १ करोड ५६ लाख ६४ हजार
युनायटेड मिसन अस्पताल, पाल्पा १ करोड ६६ लाख २४ हजार
गल्याङ सामुदायीक स्वास्थ्य केन्द, स्याङ्गजा १ करोड ५० लाख २५ हजार
धुलिखे अस्पताल, काभ्रे १ करोड ८८ लाख ६१ हजार
सुदुरपश्चिमाञ्चल सामुदायीक अस्पताल, कैलाली २ करोड ४२ लाख ९६ हजार
गण्डकी ग्रामिण सामुदायीक अस्पताल, स्याङ्गजा १ करोड ४७ लाख ५ हजार
नमुना सामुदायीक अस्पताल विकास समिति, लमजुङ १ करोड ५० लाख २५ हजार
सामुदायीक प्राकृत्तिक चिकित्सालय, नवलपरासी १ करोड ४३ लाख ८६ हजार
गौतम वुद्ध सामुदायीक मुटु अस्पताल, रुपन्देही १ करोड ४७ लाख ५ हजार
चौरजहारी अस्पताल, रुकुम २ करोड ४९ लाख ३६ हजार
लमजुङ जिल्ला सामुदायीक अस्पताल, लमजुङ १ करोड ९१ लाख ८१ हजार
आँप पिपल अस्पताल, गोरखा १ करोड ८२ लाख २२ हजार
सहोदर हस्पिटल १ करोड ९१ लाख ८१ हजार
वयलपाट अस्पताल, अछाम २ करोड ८१ लाख ३२ हजार
चरिकोट अस्पताल, दोलखा २ करोड ५५ लाख ७५ हजार
सहिद स्मृति सामुदायीक अस्पताल विकास केन्द्र, नवलपरासी १ करोड २७ लाख ८७ हजार
सुषमा कोइराला मेमोरियल अस्पताल, साँगा २ करोड १० लाख ९९ हजार
आइएनएफ साइनिङ अस्पताल, बाँके १ करोड ६६ लाख २४ हजार
आइएनएफ साइनिङ अस्पताल, सुर्खेत २ करोड ३९ लाख ७६ हजार
जनसेवा सामुदायिक अस्पताल, खोटाङ १ करोड ५० लाख २५ हजार
डिसिडब्ल्युसी सामुदायिक अस्पताल, काभ्रे १ करोड ५९ लाख ८४ हजार
अपी अस्पताल, अमरगढी, डडेल्धुरा २ करोड ४ लाख ६० हजार
सुजुङ्ग अस्पताल, दिपायल डोटी १ करोड ८८ लाख ६१ हजार
ओखलढुंगा सामुदायिक अस्पताल, ओखलढुंगा २ करोड ७ लाख ८० हजार
आँधीखोला विकास तथा वातावरण स्वच्छता समूह, स्याङ्गजा १ करोड २७ लाख ८७ हजार

 


पुष्प दुलाल