मेघौली सेराईलाई रोव रिपोर्टस वेस्ट अफदि वेस्ट अवार्ड



काठमाडौं । चौधरी ग्रुप अन्तर्गत सिजी होटल्स एण्ड रिसोर्टद्वारा संचालित मेघौली सेराई ताज सफारी रिसोर्टले रोव रिपोर्टस् २०१७को वेस्ट अफदि वेस्ट अवार्ड प्राप्त गरेको छ । मेघौली सेराईले विश्वकै उत्कृष्ट एडभेन्चर जंगल सफारी रिसोर्टका रुपमा उक्त अवार्ड प्राप्त गरेको हो ।

यसअघि मेघौली सेराई ट्राभल एण्ड लिजरको वेस्ट जंगल सफारी रिसोर्ट २०१७को सूचिमा परिसकेको छ । आफ्नो विशिष्ट निर्माण शैली, अत्याधुनिक संरचना र उत्कृष्ट सेवाकाकारण स्थापनाको छोटो समयमै चितवनको मेघौलीमा स्थापितउ क्त रिसोर्टले अन्तर्राष्ट्रिय पर्यटन बजारलाई नेपालतर्फ आकर्षित गर्न सफल भएको छ ।
चौधरी ग्रुपका कार्यकारी निर्देशक राहुल चौधरीले नेपाली पर्यटन उद्योगका लागि यो विशिष्ट सम्मान भएको बताए ।

‘यो अवार्डले हामीलाई हस्पिट्याालिटी क्षेत्रमा अझै उत्कृष्ट सेवाहरु नेपालमा भित्रयाउन प्रोत्साहन गरेको छ, आगामी प्रोजेक्टको रणनीति तय गर्दा हामीले यसलाई मनन गर्नेछौं,’ चौधरीले भने ।

मेघौली सेराई युनेस्को विश्व सम्पदा सूचिमा रहेको चितवन राष्ट्रिय निकुञ्जसँगै रहेको छ । यहाँ आउने पाहुनाले अनुपम जैविक र वनस्पतीय विविधताको आनन्द लिन सक्नेछन् । दुर्लभ एक सिंगे गैडा, बंगाल टाईगर, घडियाल गोहीको संरक्षणका लागि यो निकुञ्ज विश्वमा प्रसिद्ध छ । यहाँ ६८ प्रजातीका स्तनधारी जन्तु, ५ सय ४४ प्रजातीका चरा, एक सय २६ प्रजातीका माछा लगायतको जैविक विविधता रहेको छ ।


पुष्प दुलाल