आगामी आवका लागि १७ खर्ब ९३ अर्बको बजेट, कुन मन्त्रालयलाई कति ? (विवरणसहित)



काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँको बजेट ल्याएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको लागि उक्त रकमको बजेट विनियोजन गरेका छन् । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा सबैभन्दा बढी ५ वटा मन्त्रालयको बजेट १ खर्ब भन्दा बढी रहेको छ । बाँकी मन्त्रालयको बजेट खर्ब भन्दा कम रहेको छ ।

सबैभन्दा बढी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई १ खर्ब ९६ अर्ब ३९ करोड ३१ लाख रुपैयाँ विनियोजन गरिएको छ । यस्तै गृह मन्त्रालयलाई १ खर्ब ८५ अर्ब ९४ करोड ६४ लाख रुपैयाँ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ७६ अर्ब ३३ करोड ५८ लाख रुपैयाँ रहेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा प्रस्तुत गरेको बजेटमा उर्जा, जलस्र्रोत तथा सिंचाई मन्त्रालयलाई १ खर्ब ८ अर्ब ६१ करोड ८७ लाख रुपैयाँ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १ खर्ब ३ अर्ब ९ करोड १३ लाख रुपैयाँ रहेको छ ।

सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई रहेको छ । मन्त्रालयलाइ ८८ करोड ६७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।


क्लिकमान्डु