आयात प्रतिबन्ध लागेका बिलासी र गाडीमा बढ्यो अन्तःशुल्क



काठमाडौं । सरकारले आयात प्रतिबन्ध लगाएका गाडी र मोटरसाइकलमा अन्तःशुल्क बढाएको छ । अर्थमन्त्री जनार्दन शर्माले १५ सय देखि २ हजार सिसीसम्मको गाडीमा ७० बाट ७५ प्रतिशत पुर्याएको छ ।

२००० हजार देखि २५ सयसम्मको ८५ बाट ९० बनाइएको छ ।

२५ सय सिसी देखि ३ हजार सिसी पहिला ९० थियो अहिले ९५ बनाइएको छ । ३ हजारभन्दा बढी सिसीको गाडीको सिसीभन्दा १०० बाट १०५ बनाइएको छ ।

यस्तै मोटरसाइकल २०० सिसी देखि २५० सम्मको नेपालमा एसेम्बल नभएको ४० बाट बढाएर ८० बनाइएको छ ।

एसेम्बल मोटरसाइकल २०० देखि २५० सिसीको हकमा ६० बाट ८० पुर्याइएको छ ।

यस्तै भन्सार शुल्कमा २०० सिसीदेखि २५० सम्मको ३० बाट बढाएर ४० बनाइएको छ ।

२५० सिसीदेखि ५०० सिसीसम्मको ३० बाट बढाएर ८० पुगेको छ ।

५०० देखि ८०० ३० बाट बढाएर ८० पुगेको छ ।

८०० भन्दा माथिको ३० बाट बढाएर ८० प्रतिशत भन्सार शुल्क आर्थिक विधेयकले पुर्याएको छ ।


क्लिकमान्डु