एलपी ग्यास छोडौं, विद्युत् जोडौं कार्यक्रम घोषणा



काठमाडौं । सरकारले एलपी ग्यासको प्रयोग घटाएर विद्युतको खपत बढाउन एलपी ग्यास छोडौं, विद्युत जोडौं भन्ने कार्यक्रम घोषणा गरेको छ ।

यो कार्यक्रमसँगै एलपी ग्यासको अुनदान घटाउने र विद्युतीय चुल्होमा अनुदान बढाउने घोषणा अर्थमन्त्री जनार्दन शर्माले गरेका छन् ।

आइतबार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् ।


क्लिकमान्डु