चाबहिलको मित्रपार्कमा एनबी बैंकको शाखा खोल्यो




काठमाडौं । नेपाल बङ्गलादेश बैंकले काठमाडौंको चावहिलमा आफ्नो ४५औं शाखा सञ्चालनमा ल्याएको छ ।

सो शाखाको औपचारिक उदघाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना र बैंकका अध्यक्ष जलाल अहमदले संयुक्तरुपमा गरे । प्रमुख कार्यकारी अधिकृत ढुंगानाले बैंकका सेवाहरुको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा काठमाडौँ नेपाल च्याम्बर अफ कमर्सका कार्यकारी सदस्य टिकाराम शर्मा, नेपाल राष्ट्र बैंकका भुतपूर्व डेपुटी गर्भनर प्रफुल्ल कुमार काफ्ले तथा काठमाडौँ महानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष शुद्ध कुमार डङ्गोल उपस्थित थिए ।

बैंकले ४५ शाखा, ४ एक्सटेन्सन काउन्टर, ७ शाखारहित बैंकिङ सेवा तथा ४५ वटा एटीएममार्फत् बैंकिङ्ग सुविधा उपलब्ध गराउँदै आएको छ ।


पुष्प दुलाल