एनसेलको चुनावी अफरः रिचार्जमा बोनस डेटा अफर



काठमाडौं । एनसेल आजियाटा लिमिटेडले स्थानीय तहको चुनावलाई ध्यानमा राख्दै आकर्षक बोनस डेटा अफर ल्याएको छ ।

यस अफरमा ग्राहकले एनसेल एपमार्फत् ब्यालेन्स रिचार्ज गर्दा बोनस स्वरुप ५० एमबीदेखि ५०० एमबी डेटा प्राप्त गर्न सक्दछन् ।

यो अफर वैशाख २३ गतेबाट लागू भइसकेको छ । जसअन्तर्गत एपबाट एनसेल एपबाट ब्यालेन्स रिचार्ज गर्ने प्रत्येक ग्राहकले आफूले रिचार्ज गरेको रकमको आधारमा बोनस डेटा पाउँछन् ।

एपमार्फत ५० रुपैयाँदेखि ९९ रुपैयाँ रिचार्ज गर्ने ग्राहकले १ दिनका लागि मान्य हुने ५० एमबी डेटा पाउँछन् । साथै, १०० रुपैयाँदेखि १९९ रुपैयाँसम्मको रिचार्जमा ३ दिन समयसीमा भएको २०० एमबी डेटा पाउँछन् ।

त्यसैगरी २०० रुपैयाँ वा सोभन्दामाथिको रिचार्जमा ग्राहकले ५०० एमबी डेटा पाउनेछन् ।


क्लिकमान्डु