आईएमएफका तथ्यांक डिभिजनका पूर्वप्रमुख श्रेष्ठ भन्छन्- ‘परनिर्भरताले मगन्ते बनाउँछ’



काठमाडौं । आईएमएफका तथ्यांक डिभिजनका पूर्वप्रमुख डा. मनिकलाल श्रेष्ठले नेपालको बाह्य क्षेत्र २० वर्षदेखि नै समस्या रहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा श्रेष्ठले बाह्य क्षेत्रमा देखिएको समस्या रेमिट्यान्स घट्दा बाहिर आएको बताए ।

‘हामी रेमिट्यान्समा मात्रै निर्भर रह्यौं । यसको छोटो समाधान छैन,’ श्रेष्ठले भने, ‘आन्तरिक उत्पादन नबढ्दासम्म बाह्य क्षेत्रको समस्या समाधान हुँदैन ।’

बाह्य क्षेत्र कुनै पनि देशको नियन्त्रणमा नरहेको भन्दै श्रेष्ठले आन्तरिक क्षमता नबढ्दासम्म नेपालको बाह्य क्षेत्र सधै समस्यामा पर्ने बताए ।

‘परनिर्भरताले हामीले मगन्ते बनाउँछ,’ श्रेष्ठले भने, ‘तर, परस्परको सम्बन्धले हाम्रो बार्गेनिङ पावर बढाउँछ । त्यसैले हामीले आन्तरिक उत्पादन बढाउनै पर्छ ।’

अध्ययन अनुसन्धान नगरी सरकारी निकाय नीति निर्माणमा केन्द्रित हुँदा उद्योग विकास हुने गरी नीति बन्न नसकेको श्रेष्ठको भनाइ छ ।

‘सरकारले वृहतमा गएर अध्ययन गर्नुपर्छ । ग्राउण्डमा पुग्नुपर्छ, श्रेष्ठले भने ।


क्लिकमान्डु