तीन/चार महिनाअघि तरलता समस्या समाधान हुने देखिन्न: उपाध्यक्ष केसी



काठमाडौं । नेपाल बैंकर संघका उपाध्यक्ष सुनिल केसीले तत्काल तरलता समस्या समाधान हुने सम्भावना नरहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको कार्यक्रममा केसीले बैकिंङ प्रणालीमा बचत बढाउने नयाँ स्रोत विकास हुन नसके तरलता समस्या समाधान हुन कठिन हुने बताए ।

‘रेमिट्यान्स बढाउनु पर्छ भनिएको छ । तर, कसरी रेमिट्यान्स बढाउने कुनै प्रष्ट योजना बन्न सकेको छैन,’ केसीले भने, ‘अन्तर्राष्ट्रिय बजारबाट ॠण ल्याउनेलगायतका विकल्पबाट पनि तत्काल पैसा ल्याउन सकिने अवस्था छैन ।’


क्लिकमान्डु