
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता भएको छ ।
उनीहरूबीच मंगलबार बिहान भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सोमबार मात्रै कान्डाले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग भेट गरेका थिए ।
सोमबार मात्रै एडिबीले नेपाल सरकारलाई १६ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने सम्झौता समेत भएको छ ।






प्रतिक्रिया