एकैदिन १४ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

189
Shares

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।

यस दिन सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार २ लाख ८९ हजार ४ सय रुपैयाँ प्रतितोला कायम भएको सुनको मूल्य मंगलबार १ हजार ४ सय रुपैयाँले घटेको हो ।

यस दिन चाँदी प्रतितोला ४ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार चाँदी प्रतितोला ४ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भएकोमा मंगलबार ३० रुपैयाँले घटेको हो ।