रास्वपाको विधानमा सभापतिलाई थप अधिकार

अब रवि लामिछानेले ‘भनेको नमाने’ बालेन शाहको ‘पद जाने’

315
Shares


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा सम्पन्न प्रथम महाधिवेसनले पार्टी सभापतिलाई थप शक्तिशाली बनाएको छ । सभापतिले सिधै संसदीय दलको नेता हटाउन सक्नेगरी चितवन महाधिवेसनले विधान संशोधन गरेको हो ।

विधानअनुसार संसदीय दलको नेता मात्रै प्रधानमन्त्री हुन पाउनेछन् । अहिले रास्वपाको संसदीय दलको नेतामा बालेन्द्र शाह (बालेन) छन् । बालेन रास्वपाको संसदीय दलको नेता भएकै कारणले प्रधानमन्त्री बनेका हुन् ।

पार्टी विधानको दफा ६८ को उपदफा १(ङ) मा पार्टी सभापतिलाई शक्तिशाली बनाउँदै जुनसुकै बेला पनि संसदीय दलको नेताबाट हटाउन सक्ने अधिकार दिएको हो । विधानका दफा ६८ (१) मा संसदीय दलको नेता पदरिक्त हुने समान्य अवस्थाहरु सम्बन्धी व्यवस्था छ । सोही उपदफाको (ङ) मा विधानको दफा ११ (क) को अ को ३ अनुसार पार्टी सभापतिले दिएको नीतिगत मार्गनिर्देशन पालना नगरेमा संसदीय दलका नेताको पद जाने व्यवस्था गरिएको छ ।

यसले राष्ट्रिय स्वतन्त्र पार्टीमा पार्टी सभापति रवि लामिछाने थप शक्तिशाली बनेका छन् भने प्रधानमन्त्री बालेन शाह पार्टी सभापति लमिछानेको दबाबमा पर्ने अवस्था देखिएको छ । दलको नेताबाट राजिनामा दिएमा वा मृत्यु भएमा, संसद पद नरहेमा वा कार्यकाल सकिएम पनि दलको नेता रिक्त हुनेछ । पार्टी परित्याग वा पार्टीबाट निष्कासित भएमा, सरकारको नेतृत्व गरिरहेको अवस्थामा संसदको सदनभित्र विश्वासको मत गुमाएमा पनि दलको नेताको पद रिक्त हुने व्यवस्था विधानमा छ ।

यस्तै अविश्वासको प्रस्ताव पारित भएका पनि दलको पद रिक्त हुनेछ । संसदीय दलमा तत्काल कायम रहेको कुल सांसदको एक चौथाइ सांसदहरुको हस्ताक्षरले अविस्वासको प्रस्ताव दर्ता गर्न सक्नेछन् ।

यसबाहेक पार्टी विधान विपरित कार्य गरेको प्रमाणित भएर केन्द्रिय समितिको दुईतिहाईले निर्यय गरेर पनि संसदीय दलको नेतालाई पदबाट हटाउन सक्ने व्यवस्था विधानले गरेको छ । संसदीय दलको नेताले संविधान वा कानुनको गम्भीर उल्लंघन गरेको, राज्यविरुद्धको अपराध वा फौजदारी कसुरमा अदालतबाट दोषी ठहर भएको अवस्थामा पनि संसदिय दलको नतेबाट हटाउन मतदान प्रक्रियामा जानुनपर्ने व्यवस्था विधानले गरेको हो ।

यसरी प्रथम महाअधिवेशनले विधान संशोधन गर्दै सभापति लामिछानेलाई शक्तिशाली बनाएको छ । विधान अनुसार अब सभपति रवि लामिछानेले भनेको नमानेमा बालेन संसदीय दलको नेताबाट पदमुक्त हुन सक्छन् । अरुले भनेको नमान्ने बालेनको प्रवृत्तिमा रास्वपाको विधानले लगाम लगाएको छ ।

१५८ जनाको केन्द्रीय समितिमा ५४ जना केन्द्रीय सदस्य मनोनित गर्ने अधिकार पनि सभापतिलाई दिएको छ । विधान संशोधन भएसँगै सभापति लामिछाने थप शक्तिशाली भएका छन् ।