नबिल बैंकको नयाँ वर्ष अफरः क्यूआर मार्फत हुने कारोबारमा आधारित क्यासब्याक योजना सुरु



काठमाडौं । नबिल बैंकले महिला तथा युवा क्यूआर मर्चेन्टलाई लक्षित गर्दै नयाँ वर्ष २०७९ को अवसरमा क्यूआर कारोबारमा आधारित क्यासब्याक योजना सार्वजनिक गरेको छ ।

नबिल बैंक र संयुक्त राष्ट्र पूँजी विकास कोषको सहकार्यमा आधारित ‘क्यूआर-कोडः महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवद्र्धन’ परियोजना अन्तर्गत यो योजना सुरु गरिएको हो ।

कोभिड-१९ पछिको अवस्थामा डिजिटल वित्तीय समाधान मार्फत महिला र युवा उद्यमीहरूको प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो योजना सुरु गरिएको बैंकले जनाएको छ ।

सुरुमा एक साताको लागि संचालन गरिने योजनामा महिला तथा युवा क्यूआर मर्चेण्टले गर्ने क्यूआर एवं महिला तथा युवा क्यूआर मर्चेन्टले गर्ने क्यूआर कारोबारमा ५ प्रतिशत वा अधिकतम प्रति कारोबार २०० र प्रति दिन प्रति मर्चेन्ट अधिकतम ५०० रुपैयाँसम्म क्यासब्याक प्रदान गरिनेछ । यो योजना २०७९ बैशाख १ गतेदेखि लागु भएको छ ।

योजना मार्फत नबिल बैंकले ठूलो मात्रामा नयाँ महिला र युवा क्यूआर मर्चेन्टलाई बैकिङ्ग च्यानलमा भित्र्याउने, उनिहरुलाई डिजिटल वित्तीय समाधानहरू प्रदान गरी दिगो वित्तीय रूपान्तरणलाई बढावा दिने लक्ष्य लिएको जारी विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु