सिभिल लघुवित्तले माग्यो ८४ जना कर्मचारी, एसएलसी पासलाई पनि अवसर



काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि ८४ जना कर्मचारी माग गरेको छ । लघुवित्तले आज एक विज्ञापन जारी गर्दै कनिष्ठ अधिकृत, सहायक कनिष्ठ अधिकृत, वरिष्ठ सहायक÷सहायक र कनिष्ठ सहायक पदका लागि सो संख्यामा कर्मचारी माग गरेको हो ।

लघुवित्तले कनिष्ठ सहायक पदका लागि ५ जना, सहायक कनिष्ठ अधिकृत पदका लागि ९ जना, वरिष्ठ सहायक÷सहायक पदका लागि ४५ जना र कनिष्ठ सहायक पदका पदका लागि २५ जना कर्मचारी माग गरेको छ ।

लुघुवित्तले कनिष्ठ अधिकृत, सहायक कनिष्ठ अधिकृत, वरिष्ठ सहायक÷सहायक पदका लागि स्थायी कर्मचारी नियुक्ति गर्न लागेको हो । भने कनिष्ठ सहायक पदमा पशिक्षार्थी कर्मचारी नियुक्त गरिने लघुवित्तद्धारा जारी विज्ञापनमा उल्लेख छ ।

लघुवित्तले माग गरेको कनिष्ठ सहायक पदमा एसएलसी÷एसईई उत्तीर्ण गरेका ईच्छुक व्यक्तिले पनि आवेदन दिन सक्नेछन् । मोटरसाईकल चालक अनुमति पत्र प्राप्त भई आफ्नै सवारी साधन भएकालाई विशेष प्राथमिकता दिने लघुवित्तले जनाएको छ ।

मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातक वा सो सरहको परीक्षा उत्तीर्ण गरेको नेपाली नागरिकले लघुवित्तले माग गरेको कनिष्ठ अधिकृतमा आवेदन दिन सक्नेछन् ।

मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातक वा सो सरहको परीक्षा उत्तीर्ण भएकाले सहायक कनिष्ठ अधिकृतमा आवेदन दिन सक्नेछन् ।

यस्तै, मान्यता प्राप्त शैक्षिक संस्थाबाट प्रविणता प्रमाण पत्र तह उत्तीर्ण भएको वा एसएलसी÷एसर्ईई तह उत्तीर्ण भई कम्तिमा २ वर्ष सम्बन्धित क्षेत्रमा कार्य गरेको अनुभव भएकाहरूले वरिष्ठ सहायक÷सहायक पदमा आवेदन दिन सक्ने लघुवित्तले जनाएको छ ।

प्रस्तुतीकरण तथा अन्तर्वार्ताबाट कर्मचारी नियुक्ति गरिने लघुवित्तको भनाइ छ । योग्यता पुगेका इच्छुक उम्मेद्धवारले निवेदनको साथमा बायोडाटा, हालसालै खिचेको फोटो र नागरिकताको प्रतिलिपिका साथ यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र (वैशाख १४ गतेसम्म) आवेदन दिन सक्नेछन् ।

इमेल ठेगानामार्फत आवेदन दिन सकिने लघुवित्तले जनाएको छ ।


क्लिकमान्डु