मर्जरको विशेष प्रस्तावसहित एभरेष्ट इन्स्योरेन्सले बोलायो साधारणसभा



काठमाडौं । एभरेष्ट इन्स्योरेन्सेले लाभांश वितरण गर्ने प्रस्ताव तथा गाभ्ने, गाभिने वा प्राप्ति गर्ने विशेष प्रस्तावसहित सधारणसभा बोलाएको छ ।

सभाले हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै, अधिकृत पुँजी ३ अर्ब रुपैयाँ पुर्याउने, निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी संचालक समितिलाई दिइएको सम्पूर्ण अधिकारलाई निरन्तरता दिने विशेष प्रस्ताव पारित गर्ने छ ।

सञ्चालक समितिमा संस्थापक सेयरधनी समूह (क) कोतर्फबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण सेयरधनी (ख) को तर्फबाट २ जना सञ्चालकहरूको निर्वाचन गर्ने लगायतका विशेष प्रस्ताव पारित गर्ने भएको छ ।

यसका साथै उक्त सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आव २०७७-०७८ को वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय उपर छलफल गरी पारित गर्ने लगायतका सामान्य प्रस्ता पारित गर्ने छ ।

साधारणसभा प्रयोजनको लागि इन्स्योरेन्सले बैशाख १२ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार बैशाख ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरूले इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न तथा इन्स्योरेसको साधारण सभामा भाग लिन सक्नेछन् । इन्स्योरेन्सले बैशाख २१ गते, अग्रवाल भवन, कमलपोखरीमा २७ औँ वार्षिक साधारणसभा बोलाएको छ ।


क्लिकमान्डु