नारायणी स्टिलको आम्दानी झनै खस्कियो



काठमाडौं । कायल ग्रुप अन्तर्गतको श्री कृष्ण स्टिल उद्योग प्रालिबाट उत्पादित ‘नारायणी स्टिल’ को आम्दानी निरन्तर खस्किँदै गएको छ ।

बजारमा बढ्दो प्रतिस्पर्धा र कच्चा पदार्थको मूल्यले गर्दाले कम्पनीको आम्दानी झनै खस्किएको कम्पनीले जनाएको छ ।
कम्पनीले सामान्य अवस्थामा ३ अर्ब बढीको आम्दानी गर्दै आएको थियो । तर, पछिल्लो कोरोनाको दुई वर्षमा सरकारले २ अर्बको पनि व्यापार गर्न नसकेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सन् २०२१ मा १ अर्ब ६१ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले सन् २०२० मा १ अर्ब ६८ करोड ३० लाख रुपैयाँको आम्दानी गरेको थियो । साथै, सन्् २०१९ मा ३ अर्ब १६ करोड १० लाख रुपैयाँ आम्दानी गर्न सफल भएको थियो । जसमा कम्पनीले ३ वर्षको अन्तरालमा निरन्तर आम्दानी घट्दै गएको देखिन्छ ।

कम्पनीले भारतबाट कच्चा पदार्थ आयात गरी स्टिलजन्य वस्तु उत्पादन गर्दै आएका छन् । जसमा कम्पनीको आम्दानी सन् २०२० को तुलनामा सनु २०२१ मा ४.२५ प्रतिशतले घटेको जनाएको छ ।

कम्पनीले एचआर र सीआर पाइपलगायत अन्य वस्तु शटर पत्ती, चेक्यूर प्लेट उत्पादन गर्दै आएका छन् । साथै, कम्पनी हट रोल कोइला (एचआरसी) सिट र कोल्ड रोल कोइला (सीआरसी) सिट पनि विभिन्न आकारमा काटेर बिक्री वितरणमा संलग्न रहेको छ ।

सिमरा छातापिप्राको भारत र नेपालको बोर्डर रहेको वीरगञ्ज ड्राइपोर्टमा आफ्नो उत्पादन उद्योग रहेको कम्पनीले नारायणी स्टिलको बिक्री वितरण गर्दै आएको छ । साथै, कम्पनीको अहिलेसम्म काठमाडौंमा मात्रै १५ वटा हार्डवेयर ट्रेडिङ शाखा रहेको छ देशभर १२९ डिलर तथा बिक्रेता रहेको जनाएको छ ।

निर्माण सामग्रीको बिक्री वितरणमा करिब ३ दशकदेखि काम गर्दै आएको कायल गुपको अध्यक्ष सत्य नारायण कायल र विकास कुमार कायल निर्देशक रहेको छन् ।

कम्पनीले दीर्घकालीन कर्जाको लागि ४ करोड ९९ लाख रुपैयाँको रेट्रि पाएको छ भने अल्पकालीन कर्जाको लागि १ अर्ब ३९ करोड लाख रुपैयाँको रेटिङ गराएको छ । जसमा कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि १ अर्ब ४३ करोड ९९ लाख रुपैयाँको रेटिङ गराएको छ । विगतको दिनमा १ अर्ब ७० करोड ६७ लाख रुपैयाँ रेटिङ पाएको कम्पनीको यो वर्ष घटाएको छ ।


क्लिकमान्डु