मर्जरको विशेष प्रस्तावसहित आईएमई लाइफले बोलायो साधारणसभा

686
Shares

काठमाडौ । आईएमई लाईफ इन्स्योरेन्सले वैशाख दोस्रो साताका लागि साधारणसभा बोलाएको छ । गाभ्ने/गाभिने वा प्राप्ति गर्ने विशेष प्रस्तावसहित आईएमई लाइफले साधरणसभा बोलाएको छ ।

सभाले अन्य इन्स्योरेन्स कम्पनी मर्ज अथवा एक्विजिशन सम्बन्धी सम्पूर्ण कार्य गर्न आवश्यक भएको अवस्थामा गाभ्न/गाभिन वा प्राप्ति गर्ने सम्बन्धी आवश्यक सम्पुर्ण कार्य सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव गरेको छ । साथै कम्पनीले आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पनि सभाका लैजाने भएको छ ।

यस्तै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, एनएफआरएस प्रणाली लागु गरी तयार गरिएको वित्तीय विवरण पारित गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ । इन्स्योरेन्सले वैशाख १४ गते र्याडिशन होटल, लाजिम्पाटमा चौथो वार्षिक साधारणसभा बोलाएको हो । सभा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ ।