जीवन बीमा कम्पनी गरे ९२ अर्ब बीमाशुल्क संकलन, नयाँ आक्रामक



काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको आठ महिना अर्थात फागुन महिनासम्ममा ९२ अर्ब २० करोड ३९ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा १२.१७ प्रतिशत धेरै हो ।

गत आर्थिक वर्षको फागुन मसान्तसम्मको अवधिमा जीवन बीमा कम्पनीहरूले ८२ अर्ब २० करोड रुपैयाँ मात्रै कुल बीमाशुल्क संकलन गरेका थिए ।

जीवन बीमा कम्पनीहरूले प्रथम बीमाशुल्कबाट २५ अर्ब ९१ करोड ४२ लाख रुपैयाँ र नवीकरणीय बीमाशुल्कबाट ६६ अर्ब २८ करोड ९६ लाख रुपैयाँ गरी सो रकम संकलन गरेका हुन् ।

गत आवको यसै अवधिमा १९ जीवन बीमा कम्पनीले २८ अर्ब रुपैयाँ नवीकरणीय बीमाशुल्कबाट ५३ अर्ब ७९ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।

जीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्ने कम्पनीमा नेपाल लाइफ परेको छ । कम्पनीले यस अवधिसम्ममा २३ अर्ब ९३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । गत आवको यसै अवधिको तुलनामा कम्पनीले कुल बीमाशुल्क संकलन २.५२ प्रतिशतले बढाएको हो । गत आवको यसै अवधिमा कम्पनीले २२ अर्ब ६७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको समितिको तथ्यांक छ ।

व्यवसाय विस्तारमा नयाँ कम्पनी आक्रामक

चालु आवको फागुनसम्ममा व्यवसाय विस्तारमा नयाँ जीवन बीमा कम्पनीहरु आक्रामक देखिएका छन् ।

बीमाशुल्क बढाउने शिर्ष कम्पनीको सूचीमा नयाँ बीमा कम्पनी नै अघि देखिएका छन् ।

यस अवधिमा सन नेपाल लाइफको बीमाशुल्क ९३.२० बढेर २ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले एक अर्ब ४१ करोड रुपैयाँ मात्रै बीमाशुल्क संकलन गरेको थियो ।

यस्तै, आईएमई लाइफ, सिटिजन लाइफ, प्रभु लाइफ, रिलायबल नेपाल लाइफ र महालक्ष्मी लाइफले पनि ३० प्रतिशत भन्दा धेरैले कुल बीमाशुल्क वृद्धि गरेका हुन् ।

आईएमई लाइफले ३३.१८ प्रतिशत, सिटिजन लाइफले ६८.२० प्रतिशत, प्रभु लाइफले ३५.२९ प्रतिशत, रिलायबल नेपाल लाइफले ३६.८८ प्रतिशत र महालक्ष्मी लाइफले ३७.२० प्रतिशतले व्यवसाय बढाएका छन् ।

१८ कम्पनीको कुल बीमाशुल्क संकलन बढ्दा गुँरासको भने घट्यो

बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार चालु आवको फागुन मसान्तसम्मको अवधिमा १८ वटा कम्पनीको कुल बीमाशुल्क बढेको छ । भने गुराँस लाइफको बीमाशुल्क घटेको छ ।

यस अवधिमा गुराँस लाइफको बीमाशुल्क २२.११ प्रतिशतले घटेर २ अर्ब ८ करोड रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको यहि अवधिमा गुराँस लाइफले २ अर्ब ६८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

सबैभन्दा धेरै नेपाल लाइफको, थोरै महालक्ष्मी लाइफको

यस अवधिमा १९ जीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै कुल बीमाशुल्क संकलन नेपाल लाइफले गरेको छ । सबैभन्दा कम बीमाशुल्क संकलन गर्ने कम्पनीमा महालक्ष्मी लाइफ परेको छ ।

कम्पनीले यस अवधिसम्ममा २३ अर्ब ९३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । गत आवको यसै अवधिको तुलनामा कम्पनीले कुल बीमाशुल्क संकलन २.५२ प्रतिशतले बढाएको हो । गत आवको यसै अवधिमा कम्पनीले २२ अर्ब ६७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको समितिको तथ्यांक छ ।

यो कुल बीमाशुल्कको २५.९५ प्रतिशत हो । यस अवधिमा महालक्ष्मी लाइफले ९३ करोड २९ लाख रुपैयाँ मात्रै बीमाशुल्क संकलन गरेको छ । जुन कुल बीमाशुल्कको १.०१ प्रतिशत हो ।

इन्स्योरेन्सले गत आवको यसै अवधिमा भने ६८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।


क्लिकमान्डु