बलेफीको आइपीओमा मागभन्दा १६ गुणा बढी आवेदन



काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको साधारण सेयर (आइपीओ)मा मागभन्दा १५.७३ गुणा बढी आवेदन परेको छ ।

कम्पनीको आइपीओमा आवेदन दिने सोमबार अन्तिम दिनसम्म माग भन्दा १५.७३ गुणा बढी आवेदन परेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

आइपीओमा २२ लाख ६४ हजार ३७८ जना आवेदकले २ अर्ब ६१ करोड ७१ लाख ३९ हजार रुपैयाँको २ करोड ६१ लाख ७१ हजार ३९० कित्ताको लागि आवेदन परेको छ ।

कम्पनीले चैत १६ देखि १८ करोड २७ लाख ९७ हजार रुपैयाँको १८ लाख २७ हजार ९७० कित्ता साधारण सेयर निष्कासन गरेको हो । जसमा ९१ हजार ३९८ कित्ता सामुहीक लगानी कोष र ७३ हजार ११९ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको १६ लाख ६३ हजार ४५३ कित्ता सर्वसाधारणका लागि निष्काशन गरिएको थियो ।

आइपीओमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था रहेको थियो ।


क्लिकमान्डु