रिभर फल्स पावर कम्पनीले आइपीओ निष्काशन गर्ने, कसले पाउँछ आवेदन दिन ?



काठमाडौं । रिभर फल्स पावर कम्पनीले आयोजना प्रभावित स्थानीयलाई साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले चैत २७ देखि स्थानीयलाई ७ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । प्रतिकित्ता १०० रुपैयाँको दरले निष्काशन गरेको सेयरमा आयोजना प्रभावित संखुवासभा जिल्लाका बासिन्दाले आवेदन दिन पाउनेछन् । स्थानीयले यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

आइपीओमा वैशाख ११ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा वैशाख २६ गतेसम्म आइपीओ दिन सकिने छ । आवेदकले प्रभु क्यापिटल, रिभर फल्स पावरको कम्पनीको काठमाडौं र संखुवासभामा रहेको कार्यालय, प्राइम बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकको खाँदबारीमा रहेका शाखाबाट आवेदन दिन सकिने छ ।


क्लिकमान्डु