फाइभजी परीक्षणको मास्टर प्लान बनाउन चार कम्पनी छनोट



काठमाडौं । फाइभजी परीक्षणको लागि मास्टर प्लान बनाउन भन्दै नियामक निकाय नेपाल दूरसञ्चा प्राधिकरणले चार कम्पनीलाई सर्ट लिष्ट गरेको छ ।

प्राधिकरणल एम-एस टेलिग्लोब सोलुसन प्रालि र एम–टेल सोलुसन प्रालि (जेभी), ट्यानजेन्ट कन्सल्टेन्ट ग्रुप, इन्लुसिभ–एभरेष्ट प्रालि (जेभी) र महारुद्र–एक्जुकेटिभ (जेभी)लाई छनोट गरेको छ ।

छनोटमा पर्ने कम्पनीले फाइजीको गुरुयोजना र प्रवद्र्धन गर्ने योजना बनाउनु पर्ने छ । सरकारले नेपाल टेलिकमलाई फाइभजी परीक्षणको लागि छनोट गरेको थियो । नेपाल टेलिकभले आफ्नो योजना प्राधिकरणलाई पेश गर्दै पुसदेखि नै फाइभजी परीक्षण गर्ने भनेको थियो ।

प्राधिकरणले भने अहिलेसम्म उक्त फाइजीको लागि फ्रिक्वेन्सी उपलब्ध गराएर परीक्षणको तयार गर्न सकेको छैन ।


क्लिकमान्डु