उपत्यकामा फागुन २२ गतेदेखि होण्डाको एक्सचेञ्ज क्याम्प शुरु हुने



काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले फागुन २२ गतेदेखि चैत्र १७ गतेसम्म काठमाडौं उपत्यकाको विभिन्न ठाउँहरुमा बाइक तथा स्कुटरहरुको एक्सचेञ्ज क्याम्प आयोजना गर्ने भएको छ ।

एक्सचेञ्ज क्याम्पको अविधि भर ग्राहकहरुले कुनै पनि ब्राण्डको बाइक तथा स्कुटर एक्सचेञ्ज गरी होण्डाको बाइक वा स्कुटर चढ्न सक्नेछन् ।
ग्राहकहरुले आफ्नो साधनको एक्सचेञ्जमा विभिन्न सुविधाका साथै प्रचलित बजार मूल्यभन्दा ७ हजार रुपैयाँ अतिरिक्त एक्सचेन्ज बोनस समेत प्राप्त गर्ने कम्पनीको दाबी छ ।


क्लिकमान्डु