हुन्डाईले ल्यायो ‘बेस्ट बाइ’ योजना



नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई बेस्ट बाइ’ योजना ल्याएको छ ।

यो योजना नेपाल अधिराज्यभर लागु हुने छ । यस योजना मार्फत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटका साथै विभिन्न सुबिधाहरु प्राप्त गर्ने अवसर पाँउनेछन ।

यो योजना मार्फत ग्राहकले ५० हजार रुपैयाँ सम्मको बेस्ट बाइ बोनस, एक वर्षको निःशुल्क बृहत बीमा तथा सडक कर ३० हजारसम्मको एक्सचेन्ज बोनस, ४ लाखसम्मको आकर्षक नगद छुटका साथै स्पट एक्सचेन्ज र भ्यालुएशन पनि पाउन सक्नेछन् । हरेक हुन्डाई गाडीमा ६ वर्षको निःशुल्क सेवा र ३ वर्षको वारेन्टी रहेको छ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्ना ग्राहकहरूलाई विभिन्न उपहार र फाइदाहरू प्रदान गर्न सधैं नयाँ र नवीन योजनाहरू ल्याउदै आएको छ र नयाँ बेस्ट बाइ योजनाले ग्राहकहरूलार्ई आकर्षित गर्ने छ।

यो योजना २०७८ चैत्र १९ सम्म लागु हुने छ ।


क्लिकमान्डु