निर्माण व्यवसायी महासंघको अधिवेशन फागुन चौथो साता



काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको २३ औं साधारणासभा तथा १२ औं अधिवेशन आगामी २७ गतेदेखि हुने भएको छ ।

महासंघमा आयोजित पत्रकार सम्मेलनमा २७ देखि २९ गतेसम्म कमालादीस्थित नेपाल प्रज्ञा प्रतिस्ठानमा अधिवेशनसहित साधारणसभा हुने जानकारी गराइएको छ ।

अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । महासंघको ५९ सदस्यीय कार्य समितिमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, एसोसियटसहित ८ उपाध्यक्ष, महासचिव १, उपमहासचिव २, कोषाध्यक्ष, सहकोषाध्यक्षसहित ४६ पदमा निर्वाचित हुने बताइएको छ ।

अधिवेशन स्थलमा निर्माण उद्योग सम्बन्धी विभिन्न संस्था एवं कम्पनीका ३० वटा स्टल राखिने भएको छ । कार्यक्रममा देशभरबाट १२ सय प्रतिनिधि र १२ सय पर्यवेक्षक सहभागी हुने अनुमान रहेको छ ।


क्लिकमान्डु