रेमिट्यान्स पठाउने नेपालीलाई आइपीओमा आरक्षण दिने तयारी



काठमाडौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले विदेशमा रहेका नेपालीलाई आइपीओमा आरक्षण दिने विषयमा अध्ययन भइरहेको बताएका छन् ।

धितोपत्र बोर्डले सोमबार राजधानीमा आयोजना गरेको पत्रकारसम्मेलनमा बोल्दै उनले अनौपचारिक माध्यमबाट आउने रेमिट्यान्सलाई रोक्नका लागि विदेशमा रहेका नेपालीलाई आइपीओमा आरक्षण दिनु आवश्यक रहेको बताए ।

यसका लागि अध्ययन समिति बनेको र त्यसले दिएको सुझावका आधारमा अघि बढने हमालको भनाइ छ ।

कार्यक्रममा उनले कुनै पनि इन्साइडर ट्रेडिङ गरेको प्रमाणित भए कारबाही गर्ने बताए ।

उनले अब कुनै पनि कम्पनीको फाइल वर्षौसम्म रोकिने समस्या नहुने दाबी समेत गरे ।

कार्यक्रममा उनले बोर्डको स्वामित्वमा भएको जमीन नदीको किनारमा नभइ देखिने ठाउँमा चाहिने र बोर्ड देखिने ठाउँमा हुने र अहिलेको ठाँउमा भवन नबन्ने स्पष्ट पारे ।


क्लिकमान्डु