६३ अंकले ओरालो लाग्यो नेप्से, कारोबार रकम साढे ३ अर्बमा सीमित



काठमाडौं । बुधबार अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लाग्दा नेप्से परिसूचक ६३.५४ अंकले ओरालो लागेर २५४७ अंकमा सीमित भएको छ । लगानीकर्ता निराश हुँदा कारोबार रकममा बढ्न सकेन ।

बुधबारको कारोबारमा ७६ लाख ५२ हजार २०४ कित्ता सेयर ३ अर्ब ६२ करोड ११ लाख ४३ हजार ९७९ रुपैयाँमा कारोबार भएको छ ।

यो दिनको कारोबारमा सबै उपसमूह रातम्मे भएका छन् । साथै, तीन वटा कम्पनी रिलायन्स लाइफ इन्स्योरेन्स, सिभिल बैंक, स्वाभिमान लघुवित्त कम्पनी मात्रै हरियोमा बन्द भएका छन् ।


क्लिकमान्डु