नेपालको जलविद्युत् र सौर्य उर्जामा लगानी गर्न भारतको गुजराज सरकार इच्छुक



काठमाडौं । नेपाल भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनिल केसी र भारत गुजरालतका मुख्यमन्त्री भुपेन्द्र रजनीकान्त पटेलसँग भेट भएको छ । मंगलबार पटेलको सरकारी निवास गान्धीनगरमा भएको भेटमा उपाध्यक्ष केसीले नेपालमा लगानी बढाउन तथा दुई देशबीचको सहकार्यका लागि आग्रह गरेका छन् ।

केसीको आग्रहमा मुख्यमन्त्री पटेलले यसका लागि गुजरात सरकार सकारात्मक रहेको भन्दै नेपालको जलविद्युत्, सौर्य उर्जालगायतका नवीकरणीय उर्जा एवं सूचना प्रविधि तथा पूर्वाधार बिकासको क्षेत्रमा लगानीका लागि सहमति जनाएका थिए ।

भेटमा दुई देशका लगानीकर्ताहरुलाई एकै स्थानमा ल्याई लगानी तथा आपसी सहयोगको क्षेत्रमा ब्यापक बिचार बिमर्श गर्ने उद्देश्यसहित काठमाडौ र अहमदाबाद दुबै स्थानमा नेपाल–गुजरात वाणिज्य मञ्च स्थापना गरी अघि बढ्ने बिषयमा पनि सहमति समेत भएको छ ।


क्लिकमान्डु