सेयर बजारसँगै कारोबार रकम घट्यो, जलविद्युत कम्पनीमा लगानीकर्ताको आकर्षण



काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा सामान्य गिरावट देखिएको छ । निकै उतार चढाब हुँदा बजारमा गिरावट देखिएको छ ।

बजार मापन गर्ने सूचक ७.७३ अंकले बढेर २६५३.७० बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.७३ अंकले घटेर ५०६.८४ बिन्दुमा रोकिएको छ । आइतबार २२४ कम्पनीको ७० लाख ४० हजार ५६३ कित्ता सेयर ३ अर्ब २७ करोड ३० लाख ६५ हजार ९१० रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । कारोबारमा बैंकिङ समूहको उपसूचक ११.७५, विकास बैंक २४.९६, वित्त कम्पनी १०.५८, जीवन बीमा ११६.०२, उत्पादन तथा प्रशोधन समूहको ७१.१६, माइक्रोफाइनान्स ३१.०६, निर्जीबन बीमा समूहको उपसूचक ३२.५९ अंकले घटेको छ ।

बजारमा दोहोरो अंकको गिरावट आउँदा जलविद्युत समूहको उपसूचक ३४.०३ र अन्य समूहको उपसूचकमा १५.१० अंकको सुधार देखिएको छ । कारोबार रकमका आधारमा युनिभर्सल पावर कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको २० करोड ४४ लाख २४ हजार १४१ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नेपाल दूरसञ्चार कम्पनी र नेशनल हाईड्रोपावर कम्पनी रहेका छन् ।


क्लिकमान्डु