सामान खरिदपछि आइएमई पेबाट रकम भुक्तानी गर्दा १०% छुट पाइने



काठमाडौं । आइएमई पेबाट विभिन्न डिपार्टमन्टल स्टोरमा रकम भक्तानी गर्दा १० प्रतिशत क्यासब्याक पाइने भएको छ ।

स्टोरहरुमा विभिन्न क्यूआर प्रणाली भएको कारण उपभोक्ताहरूलाई सहज भुक्तानीका लागि आइएमई पेले स्क्यान एनी क्यूआर अभियानमार्फत् उक्त सुविधा ल्याएको हो ।

प्रयोगकर्ताहरुले सो अफर केवल एकपटक मात्रै उपयोग गर्न पाउनेछन् ।

कम्पनीका अनुसार भाटभाटेनी, बिगमार्ट, के एण्ड के, सेल्स्बेरी, डेली ग्रोसेरी र माइ–मार्ट जस्ता डिपार्टमेन्टल स्टोर तथा सुपरमार्केटमा यो सुविधा उपलब्ध हुनेछ ।

उक्त अभियान अन्तर्गत आइएमई पे मोबाइल वालेटमार्फत् मात्रै १० प्रतिशत वा १ सय रुपैयाँसम्म छुट पाइनेछ । यसरी एउटा वालेट आइडीबाट एउटा डिपार्टमेन्टल स्टोरमा एक पटकका लागि यो छुट उपलब्ध हुनेछ । यो अफर सीमित अवधिका लागि हुने कम्पनीको भनाइ छ ।


क्लिकमान्डु