सानिमा बैंकका ग्राहकले नक्साल तरकारी बजारमा क्यूआरबाट भुक्तानी गर्दा क्यास ब्याक पाउने



काठमाडौं । सानिमा बैंकले ग्राहकका लागि नक्साल तरकारी बजारमा सजिलो ई–बैंकिङ्ग सेवाको शुरुवात गरेको छ ।

जसमा उक्त तरकारी बजारमा सामान खरिदपछि क्यूआर कोडमार्फत् रकम भुक्तानी गर्दा क्यास ब्याक पाइनेछ ।

यो योजना फागुनदेखि वैशाख मसान्तसम्म लागू हुनेछ । ग्राहकले प्रत्येक भुक्तानीमा २ प्रतिशत वा अधिकतम २० रुपैयाँ तथा मासिक ५०० रुपैयाँसम्म क्यासब्याक पाउनेछन् । क्यास ब्याकवापत रकम आगामी महिनाको पहिलो हप्ता ग्राहकको खातामा जम्मा गरिनेछ । बैंकले जानकारी दिएको छ ।


क्लिकमान्डु