पल शाहलाई १० देखि १२ वर्ष जेल सजाय हुन सक्ने



काठमाडौं । अभिनेता पल शाहविरुद्ध १७ वर्षे एक युवतीले जवरजस्ती करणी गरेको आरोपमा मुद्दा दायर गरेपछि यतिबेला यो समाचारले सामाजिक सञ्जाल हल्लाएको छ ।

ती युवतीले तनहुँ जिल्लामा मुद्दा दर्ता गरेपछि यो समाचार सामाजिक सञ्जालमा फेलिएको हो । सुटिङको सिलसिलामा आफूलाई विहेको आश्वासन दिएर जवरजस्ती करणी गरेको भन्दै ती युवतीले उजुरी दिएकी छन् ।

यदि उक्त युवतीको आरोप प्रमाणित भए पल शाहलाई १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुनेछ । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ करणी सम्बन्धी कसुर अन्तर्गत धारा २१९ को उपधारा ३ (घ) बमोजिम १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्षदेखि १२ वर्षसम्म कैद हुने उल्लेख छ ।


क्लिकमान्डु