सम्पूर्ण अपडेट

सप्तरी–३ मा रास्वपाका अमरकान्त चौधरी विजयी, हारे उपेन्द्र यादव

98
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरकान्त चौधरी निर्वाचित भएका छन् । चौधरी ३२ हजार ८ सय ७५ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

यससँगै जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको संसदीय यात्रामा पूर्णविराम लागेको छ । यादवले १५ हजार २ सय ३९ मत मात्र प्राप्त गरे ।

अन्य प्रतिस्पर्धीहरूमध्ये नेपाली कांग्रेसका दिनेश कुमार यादव ८ हजार ४ सय २८ मतका साथ तेस्रो स्थानमा रहे ।

त्यस्तै, नेकपा एमालेका ताराकान्त चौधरीले ६ हजार ७ सय १५ मत र जनमत पार्टीका सुरेन्द्र प्रसाद शर्माले २ हजार ६ सय ८९ मत प्राप्त गरेको निर्वाचन परिणामले देखाएको छ ।