
काठमाडौं । बैतडीको एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरिमोहन भण्डारी विजयी भएका छन् ।
उनले नेपाली कांग्रेसका उम्मेदवार तथा क्रिकेट एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष चतुरबहादुर चन्दलाई ३ हजार ९ सय ४० मतान्तरले पराजित गर्दै जीत हासिल गरेका हुन् ।
अन्तिम मतपरिणाम अनुसार, भण्डारीले २२ हजार १ सय ३४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका चन्दले १८ हजार १ सय ९४ मत ल्याए ।
त्यस्तै, नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारी १७ हजार ९१ मतका साथ तेस्रो स्थानमा रहे । अन्य उम्मेदवारहरूमा नेकपाका परमानन्द भट्टले ६ हजार ९ सय ६५ मत र राप्रपाका भुपेन चन्दले २ हजार ६ सय ८१ मत प्राप्त गरे ।








प्रतिक्रिया