अर्थमन्त्री अनुपस्थित भएपछि सञ्चारमन्त्री कार्कीले गरे एमसीसी सम्झौताको टेबल



काठमाडौं । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादु्र कार्कीले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको टेबल गरेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्मा अनुपस्थित भएपछि सञ्चारमन्त्री कार्कीले एमसीसी टेबल गरेका छन् । अधिकांश सांसदहरुको विरोधका बाबजुत पनि मन्त्री कार्कीले उक्त प्रस्ताव टेबल गरेका छन् ।


क्लिकमान्डु