यती ब्रुअरीले सार्वजनिक गर्यो ‘यती ब्लण्ड- प्रिमियम क्राफ्ट’ बियर



काठमाडौं । यती ब्रुअरीले नयाँ बियर यती ब्लण्ड सार्वजनिक गरेको छ। स्पिरिट अफ द माउन्टेन्सु स्लोगन बोकेको यस नौलो उत्पादन एक प्रिमियम क्राफ्ट बियर हो।

बियर उत्साहीहरूलाई लक्षित गरिएको यती ब्लण्ड बियरले हिमाली आभास झल्काउने र नेपालको क्राफ्ट बियर उद्योगमा नौलो फड्को ल्याउने कम्पनीको उदेश्य रहेको छ। कम्पनीका अनुसार यो क्राफ्ट बियर उत्कृष्ट हप्स, माल्टेड जौ, यिस्ट र प्राकृतिक हिमाली पानीबाट तयार परिएको छ।

यति ब्लण्ड प्रिमियम क्राफ्ट बियरमा अल्कोहलको मात्रा ५।२ प्रतिशत रहेको छ। यती ब्लण्ड प्रिमियम क्राफ्ट बियर, पुल ( अफ क्याप सहित ३३० मिलिलिटर र ६५० मिलिलिटरको बोतलमा उपलब्ध छन् जसको आकर्षक मूल्य क्रमशः १८० र ३५० रुपैयाँ रहेको छ।


क्लिकमान्डु