
काठमाडौं । नेकपा एमालेका कार्यकर्ताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीको रिहा गर्नुपर्ने माग राख्दै माइतिघरमा प्रदर्शन गर्न सुरु गरेका छन् ।
ठूलो संख्यामा आएका कार्यकर्ताहरुको प्रदर्शनका कारण त्यहाँको अवस्था तनावपूर्ण भएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले आज बिहानै गिरफ्तार गरेको थियो । त्यसको विरोधमा एमालेका २३ जनसंगठनहरूले एकीकृत रुपमा माइतीघरमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरू निषेधाज्ञा तोडेर नयाँ बानेश्वरतर्फ अघि बढेपछि प्रहरीले धरपकड सुरु गरेको छ ।
यसक्रममा माइतीघर क्षेत्र तनावग्रस्त बनेको छ ।
प्रदर्शनअघि प्रहरीले उक्त क्षेत्रमा रहेका ढुंगा तथा इट्टाहरु उठाएर लगेको थियो ।








प्रतिक्रिया