बतासलाई होटल सञ्चालनमा अवरोध नगर्न अदालतको अल्पकालीन आदेश



काठमाडौं । पशुपति परिसरभित्र बतास ग्रुपले सञ्चालन गरिरहेको होटलको सम्झौता तत्काल खारेज नगर्न उच्च अदालत पाटनले सरकारका नाममा अल्पकालिन आदेश जारी गरेको छ ।

आइतबार उच्च अदालत पाटनले करार सम्झौता बमोजिम होटल आनन्द प्रालि सञ्चालनमा कुनै बाधा, अवरोध सिर्जना नगर्न आदेश जारी गरेको हो ।

यसअघि सम्झौता विपरीत होटल सञ्चालन भएको छानबिन समितिको रिपोर्टका आधारमा सस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले सम्झौता रद्द गर्ने निर्णय गरेका थिए । सोही निर्णयको विपक्षमा सञ्चालक बतास ग्रुपले अदालतमा मुद्दा हालेको थियो ।

उच्च अदालत पाटनले फागनु ९ गतेका दिन अन्तरिम आदेश दिने वा नदिने भन्ने निर्णयका लागि विपक्षी नेपाल सरकारलाई समेत छलफलमा बोलाएको छ ।

होटल आनन्द प्रालिले पशुपति क्षेत्र विकास कोष देवपतन काठमाडौंलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेको थियो ।


क्लिकमान्डु