
काठमाडौं । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विक्रमसिंह थापाले आफ्नो अग्रतालाई थप मजबुत बनाएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार, थापाले २४ हजार १ सय ७७ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य १५ हजार ६ सय ५२ मतका साथ दोस्रो स्थानमा छन् ।
थापा र आचार्यबीचको मतान्तर ८ हजार ५ सय २५ रहेको छ ।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका बृजेशकुमार गुप्ता १२ हजार ६ सय ७२ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।








प्रतिक्रिया