सम्पूर्ण अपडेट

कञ्चनपुर–२ मा रास्वपाका दीपकराज बोहराको प्रभावशाली जीत, एनपी साउद पराजित

126
Shares

काठमाडौं । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दीपकराज बोहरा भारी मतान्तरले विजयी भएका छन् ।

अन्तिम मतपरिणाम अनुसार, बोहराले ३३ हजार ९ सय ५२ मत प्राप्त गरी जीत हासिल गरेका हुन् ।

उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नेता नारायणप्रकाश (एनपी) साउदलाई २३ हजार १ सय २५ मतको विशाल अन्तरले पराजित गरे । साउदले १० हजार ८ सय २७ मत मात्र प्राप्त गरे ।