सम्पूर्ण अपडेट

रूपन्देही–५ मा रास्वपाका तौफिक अहमद खानको शानदार जित, २५ हजारभन्दा बढीको मतान्तर

49
Shares

काठमाडौं । रूपन्देही निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तौफिक अहमद खान भारी मतान्तरले विजयी भएका छन् ।

खानले ३८ हजार ८०६ मत प्राप्त गरी जीत हासिल गरेका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका खिमलाल भट्टराईले १३ हजार १ सय मत प्राप्त गरे ।

त्यस्तै, नेपाली कांग्रेसका भरतकुमार शाह १२ हजार ६२४ मतका साथ तेस्रो स्थानमा रहे भने नेकपाका मुहम्मद वकील मुसलमानले ६ हजार १७६ मत पाए ।