ह्याप्पी आवर क्यासिनाे र ड्रिमल्याण्ड बन्द गराउन मन्त्री आलेको निर्देशन



काठमाडौं । पर्यटन मन्त्रालयले राजश्व नबुझाउने याक एण्ड यति होटलसँगै थप २ होटल बन्द गराउन प्रहरीलाई पत्राचार गरेको छ ।

राज्यलाई बुझाउनुपर्ने करोडौं राजश्व नबुझाएको भन्दै ह्याप्पी आवर काठमाडौं र नेपालगञ्जमा रहेको ड्रिमल्याण्ड होटल बन्द गराउन पत्राचार गरेको हो ।

ह्याप्पी आवर प्रालिले आर्थिक वर्ष २०७६/७७ सम्मको बाँकी वक्यौता, आव २०७७/७८ को इजाजतपत्र नवीकरण दस्तुर २०७८/७९ को रोयल्टी तथा नवीकरण दस्तुर समेत जम्मा गरी ३८ करोड १० लाख ४५ हजार ६६४ रुपैयाँ सरकारलाई बुझाउन बाँकी छ ।

साथै, नेपालगञ्जस्थित ड्रिमल्याण्ड होटल प्रालिमा आधुनिक मेसिन वा उपकरणको माध्यमबाट खेलाइने खेल खेलाइएको भन्ने बुझिन आएकाले उक्त होटल र उक्त खेल बन्द गर्ने मन्त्रिस्तरीय निर्णय भएको पत्रमा उल्लेख छ ।


क्लिकमान्डु