प्रि-ओपनिङमा दोहोरो अंकले बढ्यो सेयर बजार, रकम पनि बढ्दै



काठमाडौं । प्रि-ओपनिङमा सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । बजारमा दोहोरो अंकको बढोत्तरी हुँदा कारोबार रकम पनि उल्लेख्य नै रहेको छ ।

बजार मापन गर्ने सूचक १०.२४ अंकले बढेर परिसूचक २८९५.७७ बिन्दुमा रोकिएको छ । ४९ कम्पनीको १६ हजार १९५ कित्ता सेयर ७७ लाख ८९ हजार ९६६ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार देखिएको छ । बैंकिङ ७.५३, विकास बैंक ४५.६८, वित्त १५.४३, जलविद्युत २८.६६, माइक्रोफाइनान्स ११.३४, निर्जीबन बीमा ५.९७ अंकले बढ्दा जीवन बीमा समूहको उपसूचकमा १०७.७४ अंकको गिरावट आएको छ ।


क्लिकमान्डु